RayNewsDaily
सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई    

चौतारा । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६-२४, २५-१२ र २५ -२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो ।     
मेलम्चीले उपाधिसँगै नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले नगद रु ७५ हजार प्राप्त गरेको छ ।     
     
प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगद रु ५० हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार रु २५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो । रासस

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update