RayNewsDaily
जिप दुर्घटनामा दुई जनाको मृत्यु        

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।     
     
छेडागाड-८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका-९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका-९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमैमृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।     
घाइते हुनेहरुमा छेडागाड-९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका-६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update