RayNewsDaily
बुद्ध एयरको विमान भद्रपुरमा विमानस्थलको रनवेमा चिप्लियो, यात्रु सकुशल   
फोटो : विर्तामोड झापा डटकम

बिर्तामोड । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।    
    
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाण्डू-भद्रपुर उडान सङ्ख्या ९०१ जहाज-नाइन एन-एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । “विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्”, उहाँले भन्नुभयो ।    
    
आज साँझ काठमाण्डूबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो । रासस     

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update