RayNewsDaily
दाङ बस दुर्घटनाका २२ जना घाइते डिस्चार्ज

घोराही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-१ कौडियापुल नजिक भएको बस दुर्घटनामा घाइते भएका २२ जना डिसचार्ज भएका छन् ।

डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस दुर्घटनामा परेर भएका घाइते २२ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार दुर्घटनामा घाइतेहरुको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुने घाइतेहरुमा डडेल्धुरा नवदुर्गा गाउँपालिका निवासी २१ वर्षीय रिक्से धामी, अजयमेरु गाउँपालिका-१, डडेल्धुरा निवासी, २७ वर्षीय नरेश ताम्राकार, अमरगढी नगरपालिका-७, हाल पोखरा निवासी ३२ वर्षीय शिवराज भट्टराई, नवदुर्गा गाउँपालिका-२, बेतपानी निवासी २८ वर्षीय खगेन्द्र बिके र २७ वर्षीया सञ्जा महरा रहनुभएको छ ।

त्यसैगरी, परशुराम नगरपालिका-५, डडेल्धुरा निवासी २२ वर्षीय नरेन्द्रप्रसाद भट्टराई, कैलाली, गोदावरी नगरपालिका-१०, अत्तरिया निवासी ३७ वर्षीय महेन्द्र ओड, बैतडी मेलैरी नगरपालिका-३ निवासी ३८ वर्षीय धुब चन्द, डडेल्धुरा भागेश्वर गाउँपालिका-४ निवासी २२ वर्षीय विक्रम धामी, नवदुर्गा गाउँपालिका-४, डडेल्धुरा निवासी ४७ वर्षीया पार्वती बिष्ट, कैलाली महोलिया गाउँपालिका-१ निवासी १ वर्षीय टेकबहादुर थापा, नवदुर्गा गाउँपालिका-२, डडेल्धुरा निवासी १९ वर्षीय धनबहादुर ऐर, बैतडी सिँगास गाउँपालिका-३ निवासी ३५ वर्षीया यशोधा धामी, उहाँकी एक वर्षीय छोरी रिषिका बोहोरा, नवदुर्गा गाउँपालिका-१, डडेल्धुरा निवासी ४२ वर्षीय जितेन्द्र बुढा ऐर रहनुभएको छ ।  

त्यसैगरी, अमरगढी नगरपालिका-९ निवासी ३१ वर्षीया देवी साकी, प्युठान झिमुरुक गाउँपालिका-१ निवासी २७ वर्षीया कमला गिरी, अमरगढी नगरपालिका-९ निवासी ३९ वर्षीय मोहनसिंह साकी, सोही ठाउँ निवासी ५ वर्षीय योगेश साकी, अमरगढीकै ६ निवासी १७ वर्षीय साजन कैनी, नवदुर्गा गाउँपालिका-१ निवासी २२ वर्षीया जुना बुढा र ५२ वर्षीया भुनुदेवी साउद रहनुभएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभएको गोरखापत्रले जनाएको छ ।

उहाँका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको र बस चालक डडेल्धुरा अम्मरगढी नगरपालिका-७ निवासी ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update