RayNewsDaily
दाङमा बस दुर्घटना  हुँदा २२ जना घाइते        

दाङ  । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।     
     
लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ । बसमा ३८ जना यात्री रहेका राससले जनाएको छ ।   

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update