मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
धरान (सुनसरी) । तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।
धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
