RayNewsDaily
करेन्ट लागेर युवकको मृत्यु

काठमाण्डू । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको फतुवा-विजयपुर नगरपालिका-६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । मङ्गलवार राति गम्भीर रूपमा घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार राति करिब पौने १० बजेको समयमा महतो आफ्नै घरमा माइकको तार जोड्दै गर्दा अचानक विद्युत् सर्किटको प्रवाहमा पर्नुभएको थियो ।

मृतकको शव हाल पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ । रेडियो नेपाल

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update