RayNewsDaily
दुर्घटनामा तीन जना घाइते        

चितवन । चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिदाँ तीन जना घाइते भएका छन् ।     
     
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१-०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६-००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका-११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका-१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उहाँकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन् ।     
घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका-१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update