RayNewsDaily
दुर्घटनामा वृद्धको मृत्यु   

सुरुङ्गा (झापा   झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो     
    
 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र..०२.००७ ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो इलामाबाट घर फर्कदै गरेका उनी सवार मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको     
    
मोहमदको हत्या    
    
 यसैबीच झापामा एक व्यक्तिको हत्या भएको मेचीनगर गैरीगाउँका ५० वर्षीय नारायण ज्ञावालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन्     
     
 प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञावालीसँग मोहमदलाई भेटेपछि ज्ञावालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको घटनास्थलमै मृत्यु भएको थियो मोहमदको हत्या गरेपछि ज्ञावालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए     
    
 इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजतालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको   रासस  

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update