RayNewsDaily
शेयर बजारमा गिरावट 

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचकमा १५.६४ अंकको गिरावट वृद्धि भई २७२५.४६ विन्दुमा पुगेको छ । नेप्सेमा  गिरावट आए पनि आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ४ अर्ब ७२ करोड ८० लाख बराबरको शेयर कारोबार भएकोमा आज ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज पनि हिम स्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन्द्यवासिनी हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी उपकार लघुवित्तको शेयर ५ प्रतिशत र सिटिजन म्युच्युअल फन्डको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बाराही हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र दिव्यश्वरी हाइड्रोपावरको शेयर आज सर्वाधिक ३ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, विन्द्यवासिनी हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भन हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार रकम १७ करोड ६९ लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने अन्य उपसमूहमा गिरावट आएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update