RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट 

रे समाचार/काठमाडौं । शेयर बजारम आज पनि दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचकमा १५.६४ अंकको गिरावट वृद्धि भई २७२६.३३ विन्दुमा पुगेको छ ।

नेप्सेमा  गिरावट आए पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ४ अर्ब ४३ करोड ८२ लाख बराबरको शेयर किनबेच भएकोमा आज ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपियाँको शेयर कारोबार भएको  छ । आज पनि हिम स्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनियन हाइड्रोपावरको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एनएमबी हाइब्रिड फन्ड र एनआइसी एसिया ब्यालेन्स फन्डको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  लिबर्टी इनर्जी कम्पनीको शेयर आज सर्वाधिक ६.९९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ८० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, लिबर्टी इनर्जी कम्पनीको २७ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ भन नेपाल रिइन्स्योरेन्स कम्पनीको कारोबार रकम २६ करोड १५ लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये म्युच्युअल फन्ड बाहेक सबै उपसमूहको शेयरमा आज गिरावट आएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update