
रे समाचार/काठमाडौं । शेयर बजारम आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचकमा १९.८९ अंकको गिरावट वृद्धि भई २७४१.९७ विन्दुमा पुगेको छ । नेप्सेमा आएको गिरावटसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १० करोड ५७ लाख बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज हिम स्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिओके डिबेन्चर ४ प्रतिशतभन्दा बढीले बढेको छ भने आरबिबि डिबेन्चर, स्ट्यान्डर चार्टर्ड बैंकको डिबेन्चर र युनियन हाइड्रोपावरको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्तको शेयर आज पनि सर्वाधिक ७.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम १४ करोड ६९ लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको शेयरमा आज गिरावट आएको छ ।