
रे समाचार/काठमाडौं । दुई दिनसम्म लगातार उच्च अंकले घटेपछि शेयर बजार मापक नेप्सेमा आज झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १२.०३ अंकले वृद्धि भई २७६१.८६ विन्दुमा पुगेको छ ।
नेप्सेमा वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६ करोड १८ लाख बराबरको शेयर किनबेच भएकोमा आज ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ । आज हिम स्टार ऊर्जा कम्पनीको शेयर सर्वाधिक ६.०७ प्रतिशतले वृद्धि भएको छ । स्ट्यान्र्ड चार्टर्ड बैंकको शेयर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एसबिआई बैंकको डिबेन्चर, सिद्धार्थ बैंक र महिला लघुवित्तको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्तको शेयर आज सर्वाधिक ७.६८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि नेपाल रि इन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिस्ट्रिलरीको कारोबार रकम २१ करोड ८१ लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वट उपसमूहमध्ये आज दुई वटा उपसमूहको शेयर घटेको छ भने बाँकी सबै उपसमूहको शेयर वृद्धि भएको छ ।