RayNewsDaily
शेयर बजारमा ३१ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ८ अर्ब ९ करोड ५६ लाख बराबरको शेयर कारोबार भएकोमा आज ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज उन्नति सहकार्य लघुवित्तको शेयर सर्वाधिक ६.७७ प्रतिशतले वृद्धि भएको छ । आशा लघुवित्तको ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने माछापुच्छ«ो बैंकको डिबेन्चर, एनआइसी एसियाको डिबेन्चर र नबिल ब्यालेन्स फन्ढको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत योजनाको शेयर आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज पनि नेपाल रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिस्ट्रिलरीको कारोबार रकम २६ करोड ३३लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको शेयरमा आज गिरावट आएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update