RayNewsDaily
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति न्यौपानेको शपथ    
सभामुख देवराज घिमिरे बुधबार सिंहदरबारस्थित कृषि समितिको हलमा राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिरः रासस

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिनुभएको हो ।     
     
सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी हुनुहुन्थ्यो ।     
     
समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो । रासस

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update