रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५३.०१ अंक बढेर २८१९.१० विन्दुमा पुगेको छ ।
नेप्सेमा भएको वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । ४ अर्ब १८ करोड ५३ लाखको शेयर कारोबार भएकोमा आज ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ । आज पनि विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समता घरेलु लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ग्रिन भेन्चर लिमिटेडको शेयर ८ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी क्रेष्ट माइक्रोफाइनान्स र गार्डियन माइक्रोफाइनान्सको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज कुमारी बैंक र सिटिजन बैंकको डिभेन्चरमा सर्वाधिक ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रि इन्स्योरेन्सको ५० करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन ग्रिन भेन्चर लिमिटेडको कारोबार रकम ४६ करोड ५३ लाख नाघेको छ । आज नेप्सेमा सूचिकृत सबै १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ ।