
रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४.८३ अंक बढेर २७६६.०९ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७५ करोड ३२ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयर ७ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी सिवाइसी नेपाल लघुवित्तको शेयर ४ प्रतिशतभन्दा बढी र एनआइसी एसियाको ऋणपत्रको शेयरमा झन्डै ४ प्रतिशतले गिरावट आएको छ । आज कुमारी सवल योजनाको म्यु्च्युअल फन्डको शेयरमा सर्वाधिक ३.६६ प्रतिशतको गिरावट आएको छ भने नदीप लघुवित्तको शेयर झन्डै ४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको कारोबार रकम १९ करोड ४८ लाख नाघेको छ । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक घटेको छ भने अन्य सबै उपसमूहको परिसूचक वृद्धि भएको छ ।