राज्यव्यवस्था समितिमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित हुनुहुन्थ्यो ।
नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ । आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो । रासस
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२ १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय