RayNewsDaily
शेयर बजारमा १८ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक आज १८.०२ अंक घटेर २७३९.९५ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने वृद्धि भएको छ । बिहीबार आज ५ अर्ब २ करोड १ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

विकास हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, आज सिवाइसी नेपाल लघुवित्तको शेयर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन डिस्टिलरीको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने निफ्रा ग्रिन इनर्जीको डिभेन्चर र अप्पर स्याङ्गे हाइड्रो पावरको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलेपमेन्ट बैंकको शेयर आज सर्वाधिक ७.२९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्स कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रिइन्स्युरेन्सको कारोबार रकम २३ करोड नाघेको छ । १३ उपसमूहमध्ये एउटा समूहको शेयर मात्र वृद्धि भएको छ भने सबै उपसमूहको परिसूचक घटेको छ । 


 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update