RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ । रोल... हिजो घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक आज ९.२२ अंक घटेर २७५७.९७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । साताभरि घट्दो क्रममा रहेको कारोबार रकम आज पनि घटेको हो । हिजो ५ अर्ब २० करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । विकास हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ४.६५ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बलेफी हाइड्रोपावरको कारोबार रकम १४ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूह बाहेक सबै उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update