RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ९.७० अंकले घटेर २७६७.२० विन्दुमा पुगेको छ ।

नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ६३ करोड ६५ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २० करोड ७ लाख ५३ हजार रूपियाँ बराबरको शेयर किनबेच भएको छ । 

विकास हाइड्रो पावरको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, चन्द्रा गिरी हिल्स र केबिएल डिभेन्चरको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल एसबिआई बैंकको डिभेन्चर ४ प्रतिशतभन्दा बढी र सगरमाथा जलविद्युत् कम्पनीको शेयर ३ प्रतिशतभन्दा बढीले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावरको शेयर आज सर्वाधिक ९ प्रतिशतभन्दा बढीले घटेको छ । यसैगरी, अप्पर स्याङ्गे हाइड्रोपावरको शेयरमा ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाखको शेयर किनबेच भएको छ भने चन्द्रागिरी हिल्सको कारोबार रकम १९ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update