RayNewsDaily
भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल (इलाम) । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो ।

सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update