RayNewsDaily
माओवादीद्वारा सरकारको आलोचना    

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्ननसकेको आरोप लगाएको छ ।     
     
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।     
     
बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update