रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज बढेर बन्द भएको छ । नेप्से परिसूचक आज ९.७६ अंक बढेर २७८०.१५ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ ।
हिजो ६ अर्ब १७ करोड बराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । सान्भि इनर्जीको शेयरमूल्य आज सर्वाधिक ६.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, पियोर इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन डिष्टिलरीको करिब साढे २८ करोडको शेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम २० करोड नाघेको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।