RayNewsDaily
नेपाल-भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : मन्त्री सिंह   

पाटन (ललितपुर) । सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ ।    

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँद्वारा ललितपुरको पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्दै सहरी विकासमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।    

“नेपाल भारत सम्बन्ध विशेष प्रकारको छ, हाम्रो खुला सीमा खुला छ, मिल्दोजुल्दो सभ्यता र संस्कृति रहेको छ, हाम्रो आपसी समन्वय र सहकार्यले अझै परिस्कृत र विकसित हुने मेरो विश्वास छ”, उहाँले भन्नुभयो । रासस     

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update