
रमेश हतुवाली/काठमाण्डू । जापानी आक्रमण विरुद्धको चिनियाँ प्रतिरोध युद्धको विजय तथा विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सव स्मृति समारोह साथै प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूको “पाँच प्रमुख प्रतियोगिता” २०२५ को पुरस्कार वितरण समारोह काठमाण्डूमा सम्पन्न भएको छ ।
सो समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले चीनसँगको मैत्रीपूर्ण सम्बन्ध नेपालको स्वतन्त्रताका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ ।
काठमाण्डू कालिमाटीस्थित होटल सोल्टीमा हिजो साँँझ आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले संसारमा यत्तिवेला मानिसहरु विद्यमान विश्व व्यवस्था कमजोर भएको र नयाँ विश्व व्यवस्थाको खोजीमा रहेको बताउनुभयो । नयाँ विश्व व्यवस्थाको खोजीका लागि चीन एउटा महत्वपूर्ण शक्तिको रुपमा रहने आशा पनि उहाँले व्यक्त गर्नुभयो । साथै मन्त्री पन्तले बिआरआई परियोजना नेपालको विकासको लागि महत्वपूर्ण हुने अपेक्षा समेत गर्नुभयो ।
रघुजी पन्त, मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
नेपाल एक चीननीति प्रति प्रतिवद्ध रहेको र भविष्यमा पनि प्रतिवद्ध रहने बताउनुहुँदै मन्त्री पन्तले चीनले विविध क्षेत्रमा गरेको प्रगती नेपाल र विश्वकै लागि महत्वपूर्ण रहने पनि बताउनुभयो । नेपाल चीनसँग मिलेर काम गर्न सदैव इच्छुक रहेको जानकारी दिनुहुँदै मन्त्री पन्तले चीनले नेपाललाई दिईरहेको सहयोग अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । चीनले कुनै पनि विकसित र कमजोर देशहरुलाई हेप्दैन बरु उनीहरुलाई विकास र समृद्धिका लागि सहयोग भन्नुहुँदै मन्त्री पन्तले चीनबाट सिक्ने सबैभन्दा ठूलो र महत्वपूर्ण कुरो चिनियाँ जनताको अदम्य साहस र आकांक्षा भएको पनि बताउनुभयो । चीन नेपाल लगायत धेरै देशका विद्यार्थीहरुको आकर्षणको केन्द्र बनिरहेको बताउनुहुदै मन्त्री पन्तले चीनले गरेको प्रगति र विकासबाट नेपालीले सिक्ने धेरै कुरा भएको धारणा पनि व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्र संघ निरन्तर कमजोर हुँदै गएको बताउनुहुँदै मन्त्री पन्तले कमजोर देशहरुको स्वतन्त्रता र न्याय पनि खतरामा रहेको टिप्पणी गर्नुभयो । प्यालेष्टायनमाथि भैरहेको इजरायली आक्रमणको घुमाउरो भाषामा निन्दा गर्नुहुँदै मन्त्री पन्तले संसारभरीका मानिस नयाँ विश्व व्यवस्थाको खोजीमा रहेको स्पष्ट पार्नुभयो । मन्त्री पन्तले चीन सरकार र चिनियाँ जनताले जापानी फासिष्टवादलाई पराजित गरेको ८० औं स्मरण दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो । साथै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने र पुरस्कृत हुने विद्यार्थीहरुलाई पनि मन्त्री पन्तले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आजको चीन कुनै पनि प्रकारको दमन वा नियन्त्रण प्रयासलाई होइन भन्न सक्ने साहस राख्ने अवस्थामा पुगेको बताउनुभयो । पुस्ता दरपुस्तादेखि निरन्तर संघर्ष गर्दै प्राप्त गरिएका महान उपलब्धिहरु नै चिनियाँ जनताका आत्मबल भएको पनि राजदूत छन् सोङको भनाइ छ ।
अघिल्लो शताब्दीको ३०औं दशकमा, विश्व प्रभुत्वको लागि प्रतिस्पर्धा गर्न, फासीवादी साम्राज्यले आफ्नो बाह्य आक्रमण र विस्तारलाई तीव्र बनाएको र दोस्रो विश्वयुद्धको ज्वाला विश्वभर फैलिएको स्मरण गर्नुहुँदै राजदूत छन् सोङले विश्व फासीवाद विरोधी युद्धको समयमा पूर्वमा मुख्य युद्धभूमिको रूपमा, राष्ट्र र यसका जनताको अस्तित्वको लागि एक महत्वपूर्ण क्षणमा, चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो उत्कृष्ट राजनीतिक नेतृत्व र ठोस रणनीतिक रणनीतिका साथ, जापान विरोधी राष्ट्रिय संयुक्त मोर्चाको झण्डा उच्च राखेको बताउनुभयो । साथै, साहसी र निडर नेपाली वीरहरूले पनि युरोप, उत्तर अफ्रिका र दक्षिणपूर्व एशियाभरि फासीवादी आक्रमणको विरुद्ध युद्धभूमिमा मित्र राष्ट्रहरूसँग मिलेर लडेको स्मरण समेत छन् सोङले गर्नुभयो।
वर्षौंको रक्तपातपूर्ण लडाइँपछि, ८० वर्षअघि, चिनियाँ जनताले विश्वका जनतासँग मिलेर फासीवाद र क्रूर जापानी सैन्यवादी आक्रमणकारीहरूलाई पूर्ण रूपमा पराजित गर्दै जापानी आक्रामकता विरुद्धको चिनियाँ जन प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धको महान विजय हासिल गरेको उहाँको भनाई छ । प्रकाशले अन्ततः अन्धकारमाथि विजय प्राप्त गरेको, प्रगतिले अन्ततः प्रतिक्रियामाथि विजय प्राप्त गरेको र विशाल पर्खाल निर्माण गर्ने आफ्नो रगत पसिनाको बलिदान दिने र आफ्नो देशको संकटको लागि बहादुरीपूर्वक लड्ने अनगिन्ती नायकहरूले अन्ततः शान्तिमा विश्राम लिन पाएको पनि राजदूत छन् सोङले बताउनुभयो ।
अघिल्लो शताब्दीको ३०औं दशकमा, विश्व प्रभुत्वको लागि प्रतिस्पर्धा गर्न, फासीवादी साम्राज्यले आफ्नो बाह्य आक्रमण र विस्तारलाई तीव्र बनाएको र दोस्रो विश्वयुद्धको ज्वाला विश्वभर फैलिएको स्मरण गर्नुहुँदै राजदूत छन् सोङले विश्व फासीवाद विरोधी युद्धको समयमा पूर्वमा मुख्य युद्धभूमिको रूपमा, राष्ट्र र यसका जनताको अस्तित्वको लागि एक महत्वपूर्ण क्षणमा, चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो उत्कृष्ट राजनीतिक नेतृत्व र ठोस रणनीतिक रणनीतिका साथ, जापान विरोधी राष्ट्रिय संयुक्त मोर्चाको झण्डा उच्च राखेको बताउनुभयो । साथै, साहसी र निडर नेपाली वीरहरूले पनि युरोप, उत्तर अफ्रिका र दक्षिणपूर्व एशियाभरि फासीवादी आक्रमणको विरुद्ध युद्धभूमिमा मित्र राष्ट्रहरूसँग मिलेर लडेको स्मरण समेत छन् सोङले गर्नुभयो। वर्षौंको रक्तपातपूर्ण लडाइँपछि, ८० वर्षअघि, चिनियाँ जनताले विश्वका जनतासँग मिलेर फासीवाद र क्रूर जापानी सैन्यवादी आक्रमणकारीहरूलाई पूर्ण रूपमा पराजित गर्दै जापानी आक्रामकता विरुद्धको चिनियाँ जन प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धको महान विजय हासिल गरेको उहाँको भनाई छ । प्रकाशले अन्ततः अन्धकारमाथि विजय प्राप्त गरेको, प्रगतिले अन्ततः प्रतिक्रियामाथि विजय प्राप्त गरेको र विशाल पर्खाल निर्माण गर्ने आफ्नो रगत पसिनाको बलिदान दिने र आफ्नो देशको संकटको लागि बहादुरीपूर्वक लड्ने अनगिन्ती नायकहरूले अन्ततः शान्तिमा विश्राम लिन पाएको पनि राजदूत छन् सोङले बताउनुभयो ।
साझा भाग्यको भावना नै शान्ति कायम राख्ने मूल मार्ग हो भन्नुहुँदै राजदूत छन सोङले हालै चीनमा नान्जिङ नरसंहारको दुःखद घटनालाई चित्रण गर्ने ऐतिहासिक चलचित्र ‘नान्चिङ फोटो स्टुडियो’ प्रदर्शन भइरहेको र, सो चलचित्र हेरेपछि धेरै दर्शकहरू शोक, क्रोध र आँसुले भरिएको बताउनुभयो। चिनियाँ जातिले जापानी आक्रमणको युद्धमा गहिरो दुःख भोगेको अनुभव सुनाउनुहुँदै उहाँले शान्ति प्राप्त गर्नु कति कठिन छ भन्ने कुरा अझ गहिरो रूपमा बुझेको साथै अरूको समानता र सम्मानको मूल्य पनि अझ राम्ररी बुझेको बताउनुभयो ।
राजदूत छन सोङले चीनले आफूले भोगेका युद्धका घाउहरू कहिल्यै पनि अन्य कुनै राष्ट्रमाथि थोपर्ने छैन भन्नुभयो । चीनको आधुनिकीकरणले कहिल्यै पनि पुरानो औपनिवेशिक लुटपाटको बाटो वा बढ्दो शक्ति प्रभुत्वको विकृत बाटो पछ्याउने छैन भन्दै राजदूत छन सोङले चीनको मार्ग शान्तिपूर्ण विकासको मानवतावादी मार्गमा अघि बढ्ने हो भन्नुभयो । साथै उहाँले यही नै चीनको विश्वप्रतिको गम्भीर प्रतिबद्धता भएको पनि बताउनुभयो । राजदूत छन सोङले नेपालसहित सबै राष्ट्रहरूसँग मिलेर मानव जातिको साझा भविष्य निर्माण गर्ने चीनको चाहना रहेको पनि बताउनुभयो । राजदूत छन सोङले विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
नेपालले समाना गर्ने प्रत्येक विकासका चुनौतीको समाधान चिनियाँ मोडलमा पाईने उल्लेख गर्नुहुँदै राजदूत छन् सोङले जब चीन र नेपालबीच विकासमा एकीकृत सहकार्य हुन्छ तब नेपाल जुनसुकै मञ्चमा पनि आत्मविश्वासका साथ उभिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
सो समारोहमा नेपालस्थित विभिन्न प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच सम्पन्न “पाँचवटा प्रमुख प्रतियोगिता” का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । ती प्रतियोगिताहरु भाषा, संस्कृति, कला, विज्ञान र मैत्री सम्बन्धसँग सम्बन्धित रहेका थिए ।