राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

काठमाण्डू । राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभएको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । पाँचथर फालेलुङ गाउँपालिका-३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुल्नुभएको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहनुभएका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसक्नुभएको छ । रासस
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय