
रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २७.९० अंक घटेर २८२२.४६ विन्दुमा झरेको छ ।
नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज रिभर फल्स पावर लिमिटेड कम्पनीको शेयरसकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, पञ्चकन्या माई हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा बढीले र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को शेयर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्त र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५३ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ४२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड ६० लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज दुई वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य सबै उपसमूहको परिसूचक घटेको छ ।