RayNewsDaily
सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद   

राजविराज (सप्तरी) । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका-५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।    
    
 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।    
    
 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो । रासस   

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update