RayNewsDaily
शेयर बजारमा वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १८.३० अंकले वृद्धि भई २८५०.३७ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

सिक्लेस हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ९.८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update