RayNewsDaily
तार्केश्वर नगरपालिका-११ का अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

काठमाण्डू । काठमाडौं महानगरपालिका-१६ र तार्केश्वर-११ को सीमामा बाटो विस्तार गर्ने क्रममा  विवाद हुँदा तार्केश्वर नगरपालिका-११ का अध्यक्षसहित ११ जना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका र तार्केश्वर नगरपालिकाको सीमामा  शहरी विकास प्राधिकरणले खोला करिडोरको भन्दै टेन्डर आयोजना आव्हान गरि सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए । सो क्रममा यही २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो । चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए  ।

सोही जाहेरीअनुसार तार्केश्वर नगरपालिका-११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिनुभयो ।   सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताउनुभयो । १३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको हकमा भने यकिन ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update