
रे समाचार/काठमाडौं । चार महिनाकै उच्च ३ हजार विन्दु पार गरेपछि शेयर बजारमा पुनः गिरावट आउन थालेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.५० अंक घटेर २९२२.६३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १६ अर्ब ४४ करोड १३ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज पाँच वटा कम्पनीको शेयरसकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स,कर्पोरेट डेभलेपमेन्ट बैंक, ग्रिन डेभलेपमेन्ट बैंक, र सप्तकोशी डेभलेपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भएको हो । यसैगरी, सिन्धु विकास बैंकको ६ प्रतिशतभन्दा बढी र सान्भी इनर्जीको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भूगोल इनर्जी डेभलेपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ७.१० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिस्ट्रिलरी कम्पनीको ६९ करोड ९ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज फाइनान्स उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ वटा उपसमूहको परिसूचक घटेको छ ।