RayNewsDaily
बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित    
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ । फाइल तस्वीर

हेटौँडा । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनुभएको छ । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उहाँले २२ मत प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गर्नुभयो ।     
     
निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो ।     
     
तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो भने बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । रासस

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update