रे समाचार/काठमाडौं । शेयर बजार वृद्धि भई ३ हजार विन्दुभन्दा माथि पुगेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३०.७६ अंक बढेर ३००२.०७ विन्दुमा पुगेको हो । यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सोपश्चात आज नै नेप्सेको उच्च विन्दु हो ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १९ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकोमा आज १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने माई खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ८.६० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, ग्रीन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।