RayNewsDaily
शेयर बजारमा गिरावट आए पनि साढे २६ अर्बको कारोबार

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज १८.४४ अंकको गिरावट आई २९६४.४४ विन्दुमा पुगेको छ । कारोबारका क्रममा आज नेप्सेले ३००० विन्दु पार गरे पनि आखिर सो विन्दुमा कायम हुन भने सकेन ।

नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने उच्च वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १८ अर्ब ४९ करोड ४ लाखको शेयर किनबेच भएकोमा आज २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपियाँको शेयर कारोबार भएको छ । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड छ ।

आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समता घरेलु लघुवित्र, ट्रेड टावर, र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, लुम्बिनी विकास बैंकको ८ प्रतिशतभन्दा बढी र लक्ष्मी उन्नति कोशको ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलेपमेन्ट बैंकको शेयर भने आज सर्वाधिक ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन््स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यसैगरी, न्यादी ग्रुप पावरको ८८ करोड ९० लाखभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनीको ८५ करोड २ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । कालिका पावर कम्पनीको शेयर कारोबार ८४ करोड ६५ लाख नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको शेयर घटेको छ । 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update