RayNewsDaily
पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार बबरमहलस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलन । तस्बिरः हरिराम भेटुवाल/रासस

रे समाचार/काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा (एमाले) को पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ । 

आज आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको उल्लेख गर्नुभयो ।

‘यो घाम जत्तिकै छर्लंग भएको कुरा हो । मलाई पार्टी सदस्य हुनबाट बन्चित गर्नुपर्ने कुनै कारण छैन । ऐन कानुन पारटीको मूल्यान्यता, मेरो स्वतन्त्रता नियन्त्रण हुने गरी गरिएको निर्णयले मलाई दुखित तुल्याएको छ । यसले पार्टीको शाख गिराउनेछ । सत्यलाई अस्थायी रुपमा छेक्न सके पनि सत्यलाई लुकाउन सकिँदैन । जनवादको मूल्यमान्यता पनि यही हो’, भण्डारीले पत्रकार सम्मेलनमा लिखित संवोधानका क्रममा भन्नुभयो ।
यस्तो छ पूर्वराष्ट्रपति भण्डारीको लिखित मन्तव्य :press-release-2-1753440858.jpg
 

press-release-1-1753440778.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update