RayNewsDaily
प्रधानमन्त्रीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन    

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।     
     
यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस-प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो ।     
     
प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । रासस 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update