RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज साताको अन्तिम कारोबार दिन पनि बढेर बन्द भएको छ । यो साताभर वृद्धि भएको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

शेयर बजार मापक नेप्से परिसूचक आज ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ । नेप्सेमा सामान्य वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो १९ अर्ब ५७ करोड ५२ लाखको शेयर कारोबार भएकोमा आज १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपियाँको शेयर किनबेच भएको छ ।

आज चार वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रिन भेन्चर लिमिटेड, ट्रेड टावर, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, हिमालयन हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी र मायाखोला हाइड्रोपावरको ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मञ्जुश्री फाइनान्सको डिभेन्चर आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७७ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, न्यादी ग्रुप पावरको ७१ करोड ९१ लाखभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्रिन भेन्चर लिमिटेडको ६६ करोड २८ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । लुम्ब्निी विकास बैंकको शेयर कारोबार ५४ करोड ६५ लाख नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको शेयर घटेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update