RayNewsDaily
अनुप भण्डारीद्वारा मेलवर्नबाट एन.आर.एन.ए.को एससीसी सदस्य पदमा उम्मेदवारी

रमेश हतुवाली/काठमाण्डू । अष्ट्रेलियाको मेलवर्नस्थित भिक्टोरिया राज्यमा बसेर लामो समयदेखि नेपाली समुदायको हितमा सक्रिय अनुप भण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (एससीसी) सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

सन् २००७ मा अष्ट्रेलिया पुग्नु भएका अनुपले पछिल्लो १८ वर्षमा आफ्ना संघर्ष, सामाजिक भावना र प्रतिबद्धतालाई एउटा प्रेरणादायी यात्रामा रुपान्तरण गर्नुभएको छ । पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिनु भएका अनुप भण्डारीको बाल्यकाल भने काठमाण्डूमा बित्यो । शिक्षा क्षेत्रमा अगाडि बढ्दै गर्दा उहाँले प्लस टू पछि स्नातक अध्ययनका क्रममा ल्याब असिस्टेन्टको रूपमा काम गर्न थाल्नुभयो । तर, जीवनमा नयाँ अवसर खोज्दै गर्दा २००७ मा अष्ट्रेलियातर्फको यात्रा थाल्नुभएका अनुपको शुरुवात त्यति सहज भने थिएन ।

अष्ट्रेलियामा प्याज उखेल्ने, अंगुर टिप्ने, किचनमा भाँडा माझ्ने, गर्मीमा घामसँग लड्दै काम गर्ने -यी सबै संघर्षलाई उहाँले आफ्नो जीवनका पाठशालाजस्तै स्वीकार गर्नुभयो । “१२ डलर कमाउँथे, तर होस्टलको खर्च मात्र १३ डलर हुन्थ्यो,” अनुप सम्झनुुहुन्छ, “कामको थकान, स्वास्थ्यको गिरावट र अस्पतालको लामो बसाइले मलाई झन् परिपक्व बनायो ।” यी सबै चुनौतीहरूसँग जुध्दै उहाँ मेलवर्न पुग्नुभयो जहाँ उहाँले कुकरी र हस्पिटालिटी अध्ययन गर्नुभयो । त्यससँगै उहाँले गेमिङ क्षेत्रको रोजगारीलाई आफूले अष्ट्रेलियामा पाएको एक महत्वपूर्ण मोड ठान्नु भएको छ । “त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो,“ अनुप सम्झनुहुन्छ । सामाजिक सेवामा भने अनुपको चासो त्यतिबेलादेखि अझ बलियो बन्दै गयो जब उहाँले आर्थिक समस्याका कारण विद्यालय छोड्नुपरेका मेधावी विद्यार्थीहरूको अवस्था देख्नुभयो ।

“चुनाव जित्ने कुरामा म विश्वस्त छु, तर त्यो केवल मेरो भरोसामा होइन, नेपाली समुदायको साथ र म माथि रहेको विश्वासमा आधारित छ ।”

उहाँले नेपालका तीन जना विद्यार्थी-सुनसरी इटहरीकी एकजना छात्रा र सुन्दरहरैचा मोरङका दुईजना विद्यार्थीको पढाइ खर्चको जिम्मा लिनु भएको छ । उहाँ भन्नुहुन्छ, “शिक्षा नै परिवर्तनको आधार हो । अवसर नपाएका प्रतिभाहरूको साथ दिनु मेरो व्यक्तिगत दायित्व हो।” भण्डारी अहिले मेलवर्नमा रहेको ‘नोबल करिअर गुरु’ नामक शैक्षिक कन्सल्टेन्सीमा आबद्ध हुनुहुन्छ । उक्त संस्थामार्फत भण्डारीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई उनीहरूको रुचि, क्षमता र भविष्यका सम्भावनाहरूको आधारमा सहजीकरण गर्दै आउनु भएको छ ।

बुबा श्यामप्रसाद भण्डारीको समाजसेवी योगदान र प्रेरणाले पनि उहाँलाई सधैं सेवाभावमा अग्रसर बनाएको भण्डारी उल्लेख गर्नुहुन्छ । अब भने अनुप भण्डारी एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा समाज, समुदाय र मातृभूमिको लागि थप योगदान गर्न चाहानुहुन्छ । उहाँले भन्नुभयो, “चुनाव जित्ने कुरामा म विश्वस्त छु, तर त्यो केवल मेरो भरोसामा होइन, नेपाली समुदायको साथ र म माथि रहेको विश्वासमा आधारित छ ।”

उहाँले एससीसी सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य पनि यही सामाजिक चेतना र अनुभवलाई संस्थागत बनाउँदै अझ व्यापक सहयोगको माध्यम बनाउन चाहनु हो भनि बताउनु भएको छ । “म एनआरएनएलाई केवल औपचारिक संस्था होइन, विदेशमा रहेका नेपालीहरूको आत्मियता र योगदानको थलो मान्छु । त्यसैले म इच्छुक छु-यथार्थ अनुभव, इमानदारी र सामाजिक दृष्टिकोण लिएर काम गर्न,” उहाँले बताउनुभयो । भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व, समुदायमा सकारात्मक प्रभाव र संस्थागत पहुँचमार्फत नेपाली हितका कामहरूलाई निरन्तरता दिनका लागि नै उहाँले उम्मेदवारी दिनुभएको हो ।

साथै, बुबा श्यामप्रसाद भण्डारीको समाजसेवी योगदान र प्रेरणाले पनि उहाँलाई सधैं सेवाभावमा अग्रसर बनाएको भण्डारी उल्लेख गर्नुहुन्छ । अब भने अनुप भण्डारी एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा समाज, समुदाय र मातृभूमिको लागि थप योगदान गर्न चाहानुहुन्छ । उहाँले भन्नुभयो, “चुनाव जित्ने कुरामा म विश्वस्त छु, तर त्यो केवल मेरो भरोसामा होइन, नेपाली समुदायको साथ र म माथि रहेको विश्वासमा आधारित छ ।”

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update