RayNewsDaily
शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार    

रे समाचार/काठमाडौं । ठूलो उतारचढावबीच आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ०.३२ अंकले वृद्धि भई २८७०.९५ विन्दुमा पुगेको छ ।

नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १६ अर्ब ५९ करोड २१ लाखको शेयर किनबेच भएकोमा आज २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र विन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य पनि झन्डै सकारात्मक लेभलमै कारोबार भएको छ । यसैगरी सिटी होटलको ८ प्रतिशतभन्दा बढीले बढेको छ भने एनएलजी इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समृद्धि फाइनान्सको शेयर आज सर्वाधिक ८ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्युरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९८ करोड ५५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । बुटवल पावर  कम्पनीको ६४ करोड २७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपियाँको शेयर किनबेच भएको छ । यसैगरी न्यादी ग्रुप पावर लिमिटेडको ५० करोड बराबरको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोको ४८ करोड ११ लाख बराबरको शेयर किनबेच भएको छ । आज नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये ५ वटाको शेयरमूल्य वृद्धि भएको छ भने बाँकी सबैको घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update