RayNewsDaily
शेयर बजार उच्च अंकको वृद्धि     

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन पनि हो । यस दिन नेप्से र कारोबार दुवै उच्च अंकले वृद्धि भएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज ३४.६१ अंकले वृद्धि भई २७९४.७८ विन्दुमा पुगेको छ ।

नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । हिजो ९ अर्ब ४१ करोड ९१ लाखको शेयर किनबेच भएकोमा आज १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज केबिएल डिबे्रन्चर र थ्री स्टार हाइड्रोपावरको कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी ग्रिन डेभलेपमेन्ट बैंक, एनआइबिएल स्टेबल फन्ड र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । माई खोला हाइड्रोपावरकोको शेयर भने आज सर्वाधिक ७ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ८७ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । राधी विद्युत् कम्पनीको ५६ करोड ६९ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपियाँको शेयर किनबेच भएको छ । आज नेप्सेमा सूचिकृत १३ वटै उपसमूहमध्ये शेयरमूल्य वृद्धि भएको छ । सबैभन्दा बढी डेभलेपमेन्ट बैंकको ३.७१ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update