RayNewsDaily
वर्ल्ड युनिभर्सिटी गेमको भोलि भव्य शुभारम्भ गरिँदै 

रमेश हतुवाली, छन्तु, चीन । विश्व भरिका विश्वविद्यालयहरुको सहभागिता रहने वर्ल्ड युनिभरसिटी गेम (फिसु गेम)  सछुवान प्रान्तको राजधानी छन्तु शहरमा भोलिदेखि भव्य रुपमा सुरु हुँदैछ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो प्रतियोगिताको भोलि शुक्रबार साँझ औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा सरिक हुन राष्ट्राध्यक्ष सी हिजै छन्तु पुग्नु भएको खेलकूद आयोजक समितिस्थित मुख्य मिडिया सेन्टरले जनाएको छ । 

FISU Game Chengdu 2023 July 28.1690511490.png

यस खेलकूदलाई भव्य, सभ्य र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न छन्तु शहरको सुरक्षा व्यवस्था कडा बनाईएको छ भने विमानस्थल, होटल र स्टेडियमहरुमा प्रवेश गर्दा विभिन्न सुरक्षा जाँच गर्ने व्यवस्था मिलाइएको छ । यस खेलकूदलाई मध्यनजर गर्दै छन्तु शहरका मुख्य मुख्य क्षेत्रहरुमा निजी सवारी साधनहरुको सञ्चालनलाई खेलकूद अवधिभरका लागि रोकिएको छ भने सार्वजनिक सवारी साधनहरुलाई महत्त्वका साथ परिचालन गरिएको छ । 

FISU Game Chengdu 2023 July 28..1690511537.jpg

विश्वका विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरु पनि सो खेलकूदको प्रत्यक्ष समाचार संकलनका लागि छन्तु पुग्ने क्रम जारी छ । 

खेलकूद प्रतियोगितालाई मध्यनजर गर्दै छन्तु शहरलाई बेहुली जसरी नै सिँगार गरिएको छ । विमानस्थलदेखि होटल र होटलदेखि स्टेडियमसम्मका सडकहरुमा विभिन्न नारा लेखिएका व्यानरहरुले शहर झकिझकाउन पारिएको छ । 

उग्रगर्मीको समय भए पनि विगत २ दिनदेखि समय समयमा परिरहेको वर्षाले छन्तुलाई शीतलता दिएको छ भने खेलकूदमा सहभागी हुनेहरुको उत्साहलाई अझ बढाएको छ । 

FISU Game Chengdu 2023 July 28...1690511573.jpg

शहरका प्राय: सबै सडकहरुलाई बगैंचामा परिणत गरिएको छ भने सुव्यवस्थित वृक्षारोपणले शहरको सौन्दर्य बढाउँदै पर्यावरणलाई अझ स्वच्छ बनाउन थप मद्दत गरेको छ । 

सछुवानका स्थानीय बासिन्दा र स्वयमसेवकहरु भन्छन् हामी वर्ल्ड युनिभर्सिटी गेमको पूर्ण तयारीमा जुटेका छौं, हामी यस खेलकुदमा सहभागिता जनाउन आउने जो कोहीलाई हृदयदेखि नै स्वागत गर्न आतुर छौं । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update