RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको सुधार 

रे समाचार/काठमाडौं । हिजो उच्च अंकले घटेको शेयर बजारमा आज दोहोरो अंकले सुधार भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३४.४६ अंकले वृद्धि भई २७६०.१७ विन्दुमा पुगेको छ ।

नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब १७ करोड २१ लाखको शेयर कारोबार भएकोमा आज ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज सुपर मादी हाइड्रो पावर कम्पनीको शेयर सर्वाधिक ८.०८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी राप्ती हाइड्रो पावर, विन्द्यवासिनी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भगवती हाइड्रोपावरकोको शेयर भने आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५२ करोड ३२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । निफ्रा ग्रिन इनर्जी डिबेन्चरको ५० करोड ५१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको ४३ करोड ९७ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज म्युच्युअल फन्डको शेयर मूल्य स्थिर रहेको छ भने अन्य सबै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update