RayNewsDaily
शेयर बजारमा दहोरो अंकको गिरावट     

रे समाचार/काठमाडौं । मौद्रिक नीतिपछि उच्च अंकले बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।
शेयर बजार मापक नेप्से परिसूचकमा आज ३५.०९ अंकको गिरावट आई २७२५.७१ विन्दुमा पुगेको छ ।

नेप्सेमा गिरावटसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ४१ करोड ६४ लाखको शेयर कारोबार भएकोमा आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज माई खोला हाइड्रो पावर कम्पनीको शेयर सर्वाधिक ५.९० प्रतिशतभले वृद्धि भएको छ । यसैगरी हिमालयन हाइड्रो पावर, जोशी हाइड्रोपावर र सिनर्जी पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सामुदायिक लघुवित्त र धवलागिरी लघुवित्तको शेयर भने आज ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ८८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने सानिमा बैंकको २४ करोड ७५ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज हाइड्रो पावर उपसमूह बाहेक सबै उपसमूहको शेयरमूल्य घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update