RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि , नेप्से परिसूचक फेरि २७०० माथि 

रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २२.०४ अंकले वृद्धि भई २७०५.९० विन्दुमा पुगेको छ ।

नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ५७ करोडको शेयर कारोबार भएकोमा आज ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज बरुण हाइड्रो पावर कम्पनीको शेयर सर्वाधिक ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी पञ्चकन्या माई हाइड्रो पावरको ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी एनआइसी एसिया बैंक, सिइबिडी होल्डिङ लिमिटेड न्यादी हाइड्रो पावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ग्रिन डेभलेपमेन्ट बैंकको शेयर भने आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज राधी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ७१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट कम्पनीको ३५ करोड १८ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज फाइनान्स र म्युच्युअल फन्ड बाहेक सबै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update