
रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ०.१४ अंकको गिरावट आई २६८३.८६ विन्दुमा पुगेको छ ।
नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३७ करोड ७३ लाखको शेयर कारोबार भएकोमा आज ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज बुटवल पावर कम्पनीको शेयर सर्वाधिक ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी पिपुल्स हाइड्रो पावरको ५ प्रतिशतभन्दा बढी र रिभर फल्स पावर लिमिटेड, ग्रिन डेभलेपमेन्ट बैंक र सयपत्री हाइड्रो पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रो पावरको शेयर भने आज सर्वाधिक ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५१ करोड ६७ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । बुटवल पावर कम्पनीको ४१ करोड ६९ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने गार्डियन माइक्रोफाइनान्सको ४१ करोड ३९ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर मूल्य घटेको छ भने अन्य सबै उपसमूहको शेयरमूल्य वृद्धि भएकोे छ ।