RayNewsDaily
वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त   

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।    
    
आज उहाँले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका-८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो ।    
    
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको जानकारी दिनुभयो ।    

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update