RayNewsDaily
रे टेलिभिजनका पत्रकारहरु नेपाल-चीन सीमानाको हिल्सा क्षेत्रमा

रे विशेष सम्वाददाता/तिब्बत, चीन । चीन भ्रमणमा रहेका रे टेलिभिजनका पत्रकारहरुले चीनको तिब्बत स्वायत्त प्रदेशको नेपाल–चीन सीमानामा रहेको हिल्सा क्षेत्रको भ्रमण गरेका छन् । 

WeChat-Image_20250707141112-1751883789.jpg
"Walk China Towards Modernization-Xizang Tour" अन्तर्गत  तिब्बतको पुरान काउन्टीमा पर्ने हिल्सा क्षेत्रको भ्रमणका क्रममा हिजो (आइतबार) रे टेलिभिजनका पत्रकारहरुले हुम्ला जिल्लास्थित नेपाल–चीनसीमाना भन्दा १८ किलोमिटर टाढा रहेको हिल्सा बजारको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा रे टेलिभिजनका पत्रकारहरुले चीनतर्फको हिल्सा-पुरङ (नेपाल-चीन सीमा) चेकपोस्ट र अध्यागमन सेवाको भ्रमण गर्ने अवसर प्राप्त गरेको भ्रमण टोलीका प्रमुख तथा रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले बताउनुभयो । 

WeChat-Image_20250707141042-1751883837.jpg
पौडेलका अनुसार यो सीमा बिन्दु हुम्ला जिल्लाका स्थानीय बासिन्दाहरू र कैलाश मानसरोबर जाने तीर्थयात्री आगन्तुकहरूका लागि खुला गरिएको छ । स्थानीय अध्यागमन अधिकारीहरूका अनुसार, सीमावर्ती आवासीय कार्ड वा पास भएका हुम्लाका बासिन्दाहरू पुराङ काउन्टीबाट ३० किलोमिटर भित्र जान सक्छन् र व्यापार गर्न सक्छन् ।

WeChat-Image_20250707141055-1751883876.jpg
भ्रमणमा रहेका पत्रकारहरुले पुराङ काउन्टीको ताक्लाकोटमा रहेको नेपाली बजार (थांका सीमा बजार) को समेत भ्रमण गर्ने मौका प्राप्त गरेका थिए । ताक्लाकोटमा हुम्ला जिल्लाका वासिन्दाहरुले २०० वटा भन्दा बढी पसलहरू सञ्चालन गरिरहेका छन् । 
कुराकानीका क्रममा धेरैजसो पसलका मालिकहरूले यी पसलहरु धेरै पुस्तादेखिको आफ्नो पारिवारिक व्यवसाय भएको जानकारी दिएका छन् । नेपाली पसलेहरुका अनुसार उनीहरूले चीन सरकारबाट पसल सञ्चालनमा प्राप्त गरेको सहयोगबाट आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । 

WeChat-Image_20250707141100-1751883905.jpg
चीन सरकारले बैंक खाता र डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर आफ्नो व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न अनुमति दिएको नेपाली पसलेहरुको भनाइ छ । अध्यक्ष पौडेलका अनुसार ती पसलेहरुले नेपाली र चिनियाँ उत्पादनहरू बेचिरहेका छन् । सो भ्रमण टोलीमा ल्हासाका लागि नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला पनि सहभागी हुनुहुन्छ । 

WeChat-Image_20250707141108-1751883953.jpg
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update