
रे विशेष सम्वाददाता/तिब्बत, चीन । रे टेलिभिजनका पत्रकारहरुले चीनको तिब्बत स्वायत्त प्रदेशको पुरङ काउन्टिमा रहेका विश्व प्रसिद्ध धार्मिक तथा साँस्कृतिक क्षेत्र कैलाश र मानसरोवरको भ्रमण गर्नुभएको छ ।
"Walk China Towards Modernization-Xizang Tour" अन्तर्गत चीनको तिब्बत स्वायत्त प्रदेशका विभिन्न धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा रहनुभएका रे टेलिभिजनका पत्रकारहरु हिजो (शनिबार) कैलाश र मानसरोवरको भ्रमण गर्नुभएको हो ।
रे मिडिया ग्रुपको सञ्चार साझेदार संस्था चाईना मिडिया ग्रुपको निमन्त्रणमा तिब्बत भ्रमणमा रहनु भएका रे टेलिभिजनका पत्रकारहरुले विश्व प्रसिद्ध धार्मिक तथा साँस्कृतिक क्षेत्र कैलाश र मानसरोवरको विस्तृत अध्ययन र छायाङ्कन समेत गर्नुभएको छ ।
रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले कैलाश पर्वत र मानसरकोवर जस्ता पवित्र धार्मिक तथा साँस्कृतिक क्षेत्रको दर्शन गर्न पाउँदा आफुहरु भाग्यमानी भएको बताउनु भयो । पुरङ काउन्टीका सम्बन्धित अधिकारीहरुले दिनुभएको स्वागत, सम्मान र सहयोग अविस्मरणीय रहेको अध्यक्ष पौडेलको भनाइ छ ।
हिन्दू, बौद्ध र जैन धर्मावलम्बिहरुको साझा तीर्थस्थलको रुपमा परिचीत कैलास पर्वत र मानसरोवरको प्रत्यक्ष रुपमा दर्शन गर्न पाउनु सामान्य उपलपब्धि नभएको पौडेलले बताउनुभयो ।
कैलाश र मानसरोवर जस्ता प्राकृतिक सम्पदा स्थलहरूको संरक्षण र विकासमा चीन सरकारले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुहुँदै अध्यक्ष पौडेलले नेपालले पनि यस्ता विषयबाट धेरै कुरा सिक्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कैलाश पर्वको स्वच्छ र पवित्र वातावरण साथै मानसरोवरको सफा र शुद्ध पानीले मानिसलाई शुद्ध कर्म गर्न प्रेरित गर्ने पनि पौडेलको भनाइ छ ।