RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि   

रे समाचार/काठमाडौं । केही दिनदेखि उकालो लागिरहेको शेयर बजार आज पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.४० अंकले वृद्धि भई २७०६.३६ विन्दुमा पुगेको छ ।

नेप्सेमा वृद्धि भए पनि आज कारोबार रकममा भने सामान्य गिरावट आएको छ । हिजो ९ अर्ब ६४ करोड ५५ लाख ५० हजारको शेयर खरीदविक्री भएकोमा आज ९ अर्ब ५० करोड ३ हजार रुपियाँको शेयर कारोबार । 

आज नेपाल फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी गार्डियन माइक्रो फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । राप्ती हाइड्रो र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ग्रिन डेभलेपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यसैगरी सिन्धु विकास बैंक र खानीखोला हाइड्रोपावरको शेयर ५ प्रतिशतभन्दा बढीले घटेको छ ।  

कारोबार रकमका आधारमा आज  नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४९ करोड ४० लाख बराबरको शेयर खरिदबिक्री भएको छ । लक्ष्मी सनसाइज बैंकको संस्थापक समूहको ३७ करोड ८१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर ३४ करोड २४ लाख रुपियाँको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहमध्ये आज ७ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने अन्य सबै उपसमूहको शेयरमा गिरावट आएकोे छ । आज अन्य उपसमूह ३.०६ प्रतिशतले र फाइनान्स उपसमूहको शेयर २.४९ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update